नियम १४
रद्द धनादेश

(१) प्रापक फेला नपरी भुक्तानी हुन नसकी फिर्ता आएको धनादेश प्रेषक पनि फेला नपरी फिर्ता भुक्तानी हुन नसकेमा त्यस्तो धनादेश रद्द धनादेश मानिनेछ ।

(२) उपनियम (१) बमोजिम प्रापक र पे्रषक फेला नपरी रद्द मानिएको धनादेशको रकम धनादेश पठाइएको मितिले एक वर्षसम्ममा पनि प्रापक वा पे्रषकले भुक्तानीको दावी नगरेमा त्यस्तो धनादेशको रकम ज्ञधनादेश कोषमा दाखिल गरिनेछ ।